दफा १७
कर कट्टी
(१) दर्ता भएको व्यक्तिले आफ्नो कर लाग्ने कारोबारसँग सम्बन्धित वस्तु वा सेवा आयात वा प्राप्त गर्दा तिरेको वा तिर्नुपर्ने करको रकम आफूले उठाएको करको रकमबाट क्ट्री गर्न सक्नेछ ।

(२) उपदफा (१) मा जुनसुकै कुरा लेखिएको भए तापनि व्यावसायिक वा व्यक्तिगत प्रयोजनको लागि प्रयोग हुन सक्ने तोकिएका वस्तुहरूका हकमा कर कट्टी गर्न नपाउने वा आंशिक रूपमा मात्र कर कट्टी गर्न पाउने व्यवस्था गर्न सकिनेछ ।

(३) कुनै महिनामा कारोबार भएको वस्तु वा सेवाको पूर्ण अंश कर लाग्ने कारोबारमा प्रयोग नभएमा उक्त वस्तु वा सेवामा पहिले तिरेको कर क्ट्री सो वस्तु वा सेवाको कर लाग्ने कारोबारमा प्रयोग भएको अंशमा मात्र तोकिए बमोजिम प्रदान गरिनेछ ।

(४) यस दफा बमोजिम कर क्ट्री सुविधा प्रदान गरिने वस्तु वा सेवाको तोकिए बमोजिमको उपयोगिताको अवधि समाप्त हुनुभन्दा अगावै कर लाग्ने कारोबारमा प्रयोग हुन छाडेमा तोकिए बमोजिम सो वस्तु वा सेवा तत्काल बजार मूल्यमा बिक्री भएको मानी कर असुल उपर गरिनेछ।

(५) उपदफा (१) मा जुनसुकै कुरा लेखिएको भए तापनि प्रयोग भैसकेका वस्तुहरुको कारोबार गर्ने दर्ता भएको व्यक्तिले पाउने कर कट्टी सुविधा तोकिए बमोजिम हुनेछ ।

(५क) उपदफा (२) को अधीनमा रही वित्तीय पट्टा अन्तर्गत क्रण सम्झौता गरी पैठारी वा खरिद गरिएका पुँजीगत वस्तुहरूमा तिरेको कर सम्बन्धित करदाताले कट्टी गर्न पाउनेछ ।

(५्ख) दफा ८ को उपदफा (२) र (२क), दफा १२क. र दफा १५ को उपदफा (३) बमोजिम तिरेको कर सम्बन्धित करदातालाई कट्टी गर्न दिइनेछ ।

(६) यस ऐन बमोजिमको कर कट्टी सुविधा तोकिए बमोजिमका कागजातहरुद्वारा दाबी प्रमाणित भएपछि मात्र दिइनेछ।

(७) दर्ता हुँदाका बखत मौज्दातमा रहेको कर लाग्ने कारोबारमा प्रयोग हुने वस्तुमा तिरेको वा तिर्नुपर्ने कर क्ट्री गर्न व्यवस्था तोकिए बमोजिम हुनेछ ।

(८) यस दफामा अन्यत्र जुनसुकै कुरा लेखिएको भए तापनि लगातार छ महिनासम्म कर विवरण पेश नगर्ने करदाताको नाम सार्वजनिक गरी त्यस्तो करदाताको कर क्ट्टी गर्नुपर्ने रकम बाँकी भए रोक्का राख र निजको दर्ता समेत निलम्वन गर्न सकिनेछ।